"Clean Environment & Economic Prosperity through Floriculture"

22nd FLORA EXPO 2019

Bhrikutimandap, Exhibition Road, Kathmandu, Nepal,  22-24 March 2019 (2075 Chaitra 8-10)

00

days

00

hours

00

minutes

00

seconds

19th Flora Expo 2016

Sunday, 15 May 2016
२०७२ चैत्र १८ गते बिहीबार बिहान ११.०० बजे १९ औं फ्लोरा एक्स्पोको प्रमुख आतिथी माननिय कृषि बिकास मन्त्री हरिबोल प्रसाद गजुरेल ज्यूबाट मेलाको औपचारिक उदघाटन गरि सुरु भएको पुष्प प्रदर्शनी चैत्र २१ गतेसम्म भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा संचालन भएको थियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय पुष्प व्यवसायीहरुको उपस्थिती रहेको १९ औं फ्लोरा एक्स्पोले पुष्प उद्योगलाई थप उचाईमा पु¥याउनका लागि बिकास, बिस्तार तथा प्रबद्र्धनमा महत्वपूर्ण भुमिका खेलेको छ । यो मेलाले पुष्प व्यवसायीहरुलाई पराम्परागत तरिकाबाट आधुनिक कृषि प्रणाली तर्फ अग्रसर हुनलाई समेत मार्गदर्शन गरेको छ । मेलामा पुष्प व्यवसायमा प्रयोगमा आएको आधुनिक प्रबिधीको समेत प्रदर्शन गरिएको कारण प्रत्यक्ष रुपमा क्रेता बिक्रेताहरु बीच संबाद तथा सहकार्यका लागि समेत यो मेलाले सहयोगी रहयो । मेलामा मौसमी फूल, आलंकारिक बोट बिरुवाm कट फ्लावर, ड्राई फ्लावर, सुनखरी, कम्पोष्ट मल फूलको बल्ब, बिउ बिजनहरु, कृषि औजार उपकरणहरु प्याकेजिङ्गका सामग्र, ईज्रायली प्रबिधीमा आधारित सुक्ष्म तथा थोपा सिचाई प्रबिधी, ग्रीनहाउस, पोलीहाउस, ग्ख् प्लाष्टिक आदिको प्रदर्शनी तथा बिक्री कक्ष रहेका कारण सबै खाले उपभोक्ताहरुलाई फाइदा पुगेको थियो । हरेक बर्ष भिजिटरहरुको संख्यामा बृद्धि हुदै जानुमा यस व्यवसाय प्रतिको आकर्षण बढ्दै गएको छ भन्ने सुचित पनि यस मेलाले गराएको छ । 

उपलब्धि 
   ४५० भन्दा बढि पूmल, बिरुवाहरुको व्यवसायीक प्रदर्शनी ।
  ५८ हजार दर्शकहरुद्वारा मेलाको प्रत्यक्ष अबलोकन गरेको ।
   करिब ६१ लाखसम्मको व्यवसायीक कारोबार भएको ।
  पुष्प प्रेमी जनसाधारणलाई एकै छानोमुनी प्रचुर मात्रामा पूmल बिरुवाको खरिद बिक्री, सूचना तथा अवलोकन गर्ने अवसर उपलब्ध गराउन सफल भएको । 
   पुष्प सम्बन्धि सुचना तथा प्रबिधिको आदान प्रदान ।
   संयुक्त र समुहगत लगानीको अवसरको खोजी र व्यवसायीक पहल । 
    पुष्प भित्र बिकासित प्रजाती एवं त्यसको खेती प्रबिधी सम्बन्धमा प्रत्यक्ष अन्तरकृया गराउन सफल ।
    पुष्प व्यवसायी तथा सरकारी पदाधिकारीहरु बिच पुष्प आयात निर्यात सम्बन्धि अन्तरकृया गराउन सफल

यस मेलाले पुष्प व्यवसायमा लाग्न चाहनेहरुको लागि पुष्प खेती सम्बन्धि आधुनिक खेती प्रबिधीको जानकारी गराउन सघाएको छ । राष्ट्रिय तथा अन्तारष्ट्रिय पुष्प उत्पादक थोक बिव्रmेता खुद्रा विव्रmता तथा उपभोक्ताहरुलाई एउटै छहारीमा जमघट गराइँ व्यवसायीक छलफल सुचना आदान प्रदानमा सघाउ पु¥याएको छ । व्यवसाय गरि रहेको पुष्प व्यवसायीहरुको लागि उपभोक्तको माग अनुसारको फुल विरुवा उत्पादन गर्न, बजारीकरण गर्न, आवश्यकता अनुसार पुष्प व्यवसायीलाई अगाडि बढाउन सहयोग पु¥याएको छ । नेपालमा प्राप्त हुन सक्ने विभिन्न प्रकारका फूल बिरुवाहरु बारेमा जानकारी गराउन सघाउ पु¥याएको छ । यस मेलाले देश भित्र भईरहेको व्यवसायीक गतिविधि, पुष्प खेती प्रणालीमा भईरहेको सुधार, बजारीकरणको स्थिति आदिबारे सुसुचित गराएको छ । 

नेपालको फूलविरुवाहरुलाई निर्यातमुखी बनाउनको लागि अप्नाउनु पर्ने विविध क्षेत्रहरुको खोजी, प्रत्यक्ष जनसम्पर्क, ज्ञान र सिपको आदान प्रदान गर्न सकिने भएको हुँदा पुष्प प्रदर्शनी तथा व्यापार मेलाको आयोजना महत्वपूर्ण रहि आएको छ । व्यापार मेला÷प्रदर्शनीको माध्यम बाटै संभावीत स्वदेशी तथा बिदेशी लगानीको वातावरण सृजना गर्न, पुष्प तथा पुष्पजन्य बस्तुको व्यवसायिक गतिविधि, फूल बिरुवाहरुको गुणस्तरमा सुधार, नयाँ नयाँ प्रकारका फूलहरुको प्रबेश, आवश्यक सेवा सुबिधा जस्ता बिषयमा जनचेतना अभिबृद्धि गरि पुष्प व्यवसायीक उद्योगलाई थप उचाईमा पु¥याउन समेत महत्वपुर्ण सघाउ पु¥याएको छ ।

    चार दिनसम्म संचालन गरिएको पुष्प व्यापार मेलाको २०७२ चैत्र २१ गते  FAN का का.अध्यक्ष दिलीप बादेले मेला सफल पार्न महत्वपूर्ण सहयोग पु¥याउनु हुने सबै प्रति हार्दिक धन्यबाद ज्ञापन गर्दै मेलामा सहभागी भएकाहरुलाई प्रमाण–पत्र बितरण गरि समापन गर्नु भएकोे थियो । 

Recent News

१२ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७५ सम्पन्न

तत्कालिन शाही वनस्पति उद्यान, गोदावरीले वि.सं. २०५३ सालदेखि गर्दैै आएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला बि.सं.२०६४ देखि २०७० सालसम्म कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, कृषि बिभाग आयोजक तथा फ्लोरिकल्चर एशोसिएसन नेपाल सह आयोजक भई गोदावरी मेला संचालन गरेको थियो[...]

Read More

19th Flora Expo 2016

२०७२ चैत्र १८ गते बिहीबार बिहान ११.०० बजे १९ औं फ्लोरा एक्स्पोको प्रमुख आतिथी माननिय कृषि बिकास मन्त्री हरिबोल प्रसाद गजुरेल ज्यूबाट मेलाको औपचारिक उदघाटन गरि सुरु भएको पुष्प प्रदर्शनी चैत्र २१ गतेसम्म भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा संचालन भएको थियो । राष्ट्रिय[...]

Read More

18th Flora Expo 2015: kicks off

२०७१ चैत्र ७ गते बिहान ११.०० बजे उद्घाटन गरि सुरु भएको पुष्प प्रदर्शनी चैत्र १० गते मंगलबार सम्म भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा संचालन भएको थियो । उक्त पुष्प प्रदर्शनीमा सर्वसाधारण देखि उच्च सरकारी अधिकारी तथा कुटनैतिक नियोगका उच्च पदस्था अधिकारीज्यूहरुबाट[...]

Read More

2nd International Flora Expo 2014: kicks off

फ्लोरिकल्चर एशोशिएशन नेपाल (फ्यान)को आयोजनामा चैत  १३ गते देखि १६ सम्म दोस्रो अन्तराष्ट्रिय पुष्प मेला २०७०   काठमाडौंमा रु ७८ लाख बराबरको व्यापार र ६२ हजार अवलोकनकर्ताद्धारा अवलोकन सहित सफलताका साथ सम्पन्न भएको छ ।  फ्यान ले पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका[...]

Read More