"Clean Environment & Economic Prosperity through Floriculture"

21st FLORA EXPO 2018

Bhrikutimandap, Exhibition Road, Kathmandu, Nepal March 29 April 1, 2018 (Chaitra 15-18, 2074)

00

days

00

hours

00

minutes

00

seconds

2nd International Flora Expo 2014: kicks off

Tuesday, 23 February 2016
फ्लोरिकल्चर एशोशिएशन नेपाल (फ्यान)को आयोजनामा चैत  १३ गते देखि १६ सम्म दोस्रो अन्तराष्ट्रिय पुष्प मेला २०७०   काठमाडौंमा रु ७८ लाख बराबरको व्यापार र ६२ हजार अवलोकनकर्ताद्धारा अवलोकन सहित सफलताका साथ सम्पन्न भएको छ । 
फ्यान ले पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि निरन्तर रुपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आएको छ । विगतमा भंंmै यस वर्ष पनि फ्लोरिकल्चर एशोसिएसन नेपालले २०७० चैत्र १३ गते देखि १६ गते ९ (27-30 March, 2014)सम्म ४ दिने 2nd International Flora Expo 2014   को आयोजना भृकुटीमण्डप प्रर्दशनी हल काठमाण्डौमा सफलताका साथ सम्पन्न गरेको छ । मेलाको नारा "prosperity through floriculture in Nepal & beyond"भन्ने रहेको थियो । मुख्य आयोजक संस्था फ्लोरिकल्चर एशोसिएसन नेपाल तथा व्यवसायिक कृषि तथा व्यापार आयोजना र कृषि व्यवसाय प्रबद्र्धन कार्यक्रम यस मेलाको सह आयोजक रहेको थियो ।  मेलाको उद्घाटन चैत १३ गते बिहिबार दिउसो ११.०० बजे भृकुटीमण्डप प्रदर्शनी हल, काठमाण्डौमा भएको थियो । मेलामा व्यवसायिक स्टल ५५ वटा, सूचनामुलक ७ वटा र फूल बिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ४, ल्याण्डस्केपिङ्गको ४ वटा र अन्तराष्ट्रिय सहभागिहरुको २१ वटा सहित गरी जम्मा ९१ वटा प्रदर्शनी कक्ष रहेका थिए । मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहेका थिए । साथै मेलामा सहभागि भएका बिभिन्न नर्सरी व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाप्रति स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत कार्यक्रम रहेको थियो । सोहि अवधिमा एक दिने पुष्प सम्बन्धि गोष्ठि÷सेमिनरको समेत आयोजना गरेको र त्यसबाट धेरै भन्दा धेरै पुष्प व्यवसायीहरु लाभन्वित भएका थिए  ।  

Recent News

19th Flora Expo 2016

२०७२ चैत्र १८ गते बिहीबार बिहान ११.०० बजे १९ औं फ्लोरा एक्स्पोको प्रमुख आतिथी माननिय कृषि बिकास मन्त्री हरिबोल प्रसाद गजुरेल ज्यूबाट मेलाको औपचारिक उदघाटन गरि सुरु भएको पुष्प प्रदर्शनी चैत्र २१ गतेसम्म भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा संचालन भएको थियो । राष्ट्रिय[...]

Read More

18th Flora Expo 2015: kicks off

२०७१ चैत्र ७ गते बिहान ११.०० बजे उद्घाटन गरि सुरु भएको पुष्प प्रदर्शनी चैत्र १० गते मंगलबार सम्म भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा संचालन भएको थियो । उक्त पुष्प प्रदर्शनीमा सर्वसाधारण देखि उच्च सरकारी अधिकारी तथा कुटनैतिक नियोगका उच्च पदस्था अधिकारीज्यूहरुबाट[...]

Read More

9th Chrysanthemum Flower Expo 2072: kicks off

तत्कालिन शाही वनस्पति उद्यान, गोदावरीले वि.सं. २०५३ सालदेखि गर्दै आएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी विगत २०६४ साल देखि २०७० साल सम्म निरन्तर रुपमा कृषि विभाग, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम आयोजक तथा फ्लोरिकल्चर एशोसिएसन नेपाल सह–आयोजक भई संचालन गर्दै आईरहेको थियो[...]

Read More

2nd International Flora Expo 2014: kicks off

फ्लोरिकल्चर एशोशिएशन नेपाल (फ्यान)को आयोजनामा चैत  १३ गते देखि १६ सम्म दोस्रो अन्तराष्ट्रिय पुष्प मेला २०७०   काठमाडौंमा रु ७८ लाख बराबरको व्यापार र ६२ हजार अवलोकनकर्ताद्धारा अवलोकन सहित सफलताका साथ सम्पन्न भएको छ ।  फ्यान ले पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका[...]

Read More