"Clean Environment & Economic Prosperity through Floriculture"

21st FLORA EXPO 2018

Bhrikutimandap, Exhibition Road, Kathmandu, Nepal March 29 April 1, 2018 (Chaitra 15-18, 2074)

00

days

00

hours

00

minutes

00

seconds

9th Chrysanthemum Flower Expo 2072: kicks off

Tuesday, 23 February 2016
तत्कालिन शाही वनस्पति उद्यान, गोदावरीले वि.सं. २०५३ सालदेखि गर्दै आएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी विगत २०६४ साल देखि २०७० साल सम्म निरन्तर रुपमा कृषि विभाग, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम आयोजक तथा फ्लोरिकल्चर एशोसिएसन नेपाल सह–आयोजक भई संचालन गर्दै आईरहेको थियो । गत वर्ष २०७१ देखि भने नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा फ्लोरकल्चर एशोसिएसन नेपालले  आयोजना गर्दै आईरहेको छ । 
“रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने मूल नारा सहित नजिकै आइरहेको तिहार पर्वलाई लक्षित गरि २०७२ कार्तिक १९ देखि कार्तिक २२ गते (चार दिन)सम्म नवौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७२ भव्यता र सफलताका साथ जाउलखेल फुटबल ग्राउण्डमा सम्पन्न भएको छ ।  नवौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्देश्य मुख्यतः पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु रहेको थियो । पुष्प कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा पुष्पप्रेमी उपभोक्ताहरुको संख्या बढाउन र बजार विस्तार गर्न समेत रहेको थियो ।
गोदावरी फूलको जातिय विकाससंगै गुणस्तरिय फूल बिरुवाको उत्पादनले मात्र उपभोक्त आकर्षित हुने हुदा पुष्प व्यवसायीहरु विच प्रतिस्पर्धाको वातावरण सृजना गरी गुणस्तरिय बस्तु उत्पादन तर्फ जोड दिन, यसको बिकास बिस्तार तथा प्रबद्र्धनमा सघाउ पु¥याउनका लागि प्रर्दशनीको आयोजना गर्ने गरिएको छ । नेपालीहरुको महान चाड बडा दशै पछिको दोस्रो मुख्य चाड तिहारमा बढि प्रयोग हुने सयपत्री मखमली र गोदावरी फूलहरुलाई प्रत्यक्ष उपभोक्त माझ पु¥याउन पनि मेला÷प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्बाह गर्ने हुदा हरेक बर्ष तिहार पर्ब सुरु हुनु केहि दिन अघि मात्र मुख्य गरी गोदवरी फूलको प्रदर्शनी गर्ने गरिएको छ ।
गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले संचालन गरिएको नवौं गोदावरी फूलको प्रतियोगितात्मक प्रतियोगितामा  काठमाण्डौ उपत्यका भित्रका १० वटा नर्सरीहरुले भाग लिएको भने बिक्री बितरणमा ३३ वटा स्टल  तथा ३ वटा  सुचनामुलक स्टल रहेको थियो । मेलामा गोदावरी फूलको बिभिन्न प्रजातीका फूलहरुका साथै अन्य सिजनल फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, ड्राई फ्लावर, कम्पोष्ट मल, बिउ बिजन, फूलको गानो, औजार उपकरण, बिषादी आदीको प्रदर्शनी तथा बिक्री कक्ष रहेको थियो ।
देशको यसतो असहज स्थिति भएता पनि दर्शकहरुको सहभागिता भने अपेक्षा गरेको भन्दा धेरै नै थियो । झण्डै २७ हजार भन्दा बढि दर्शक÷भिजिटरद्वारा प्रत्यक्ष अवलोकन प्रतियोगिता तथा बिक्री बितरणमा पुष्प व्यवसायीहरुको उत्साहजनक सहभागिता रहेको । रु २८ लाख व्यवसायीक कारोबार गर्न सफल भयो । समस्तमा नर्वौ गोदावरी मेला देशको कठिन परिस्थितिमा पनि सफलता पूर्वक सम्पन्न गरियो ।
 

Recent News

19th Flora Expo 2016

२०७२ चैत्र १८ गते बिहीबार बिहान ११.०० बजे १९ औं फ्लोरा एक्स्पोको प्रमुख आतिथी माननिय कृषि बिकास मन्त्री हरिबोल प्रसाद गजुरेल ज्यूबाट मेलाको औपचारिक उदघाटन गरि सुरु भएको पुष्प प्रदर्शनी चैत्र २१ गतेसम्म भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा संचालन भएको थियो । राष्ट्रिय[...]

Read More

18th Flora Expo 2015: kicks off

२०७१ चैत्र ७ गते बिहान ११.०० बजे उद्घाटन गरि सुरु भएको पुष्प प्रदर्शनी चैत्र १० गते मंगलबार सम्म भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा संचालन भएको थियो । उक्त पुष्प प्रदर्शनीमा सर्वसाधारण देखि उच्च सरकारी अधिकारी तथा कुटनैतिक नियोगका उच्च पदस्था अधिकारीज्यूहरुबाट[...]

Read More

9th Chrysanthemum Flower Expo 2072: kicks off

तत्कालिन शाही वनस्पति उद्यान, गोदावरीले वि.सं. २०५३ सालदेखि गर्दै आएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी विगत २०६४ साल देखि २०७० साल सम्म निरन्तर रुपमा कृषि विभाग, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम आयोजक तथा फ्लोरिकल्चर एशोसिएसन नेपाल सह–आयोजक भई संचालन गर्दै आईरहेको थियो[...]

Read More

2nd International Flora Expo 2014: kicks off

फ्लोरिकल्चर एशोशिएशन नेपाल (फ्यान)को आयोजनामा चैत  १३ गते देखि १६ सम्म दोस्रो अन्तराष्ट्रिय पुष्प मेला २०७०   काठमाडौंमा रु ७८ लाख बराबरको व्यापार र ६२ हजार अवलोकनकर्ताद्धारा अवलोकन सहित सफलताका साथ सम्पन्न भएको छ ।  फ्यान ले पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका[...]

Read More